अप्पर सोलु हाइड्रोको सवा करोड शेयरको लकइन अवधि सकिँदै

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको करिब सवा करोड कित्ता शेयरको लकइन अवधि सकिदै छ । कम्पनीका अनुसार १ करोड १५ लाख ८१ हजार ६५० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो ।

कम्पनीका अनुसार १ करोड १ लाख ९२ हजार ५०० कित्ता संस्थापक शेयर, १३ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ३९ हजार १५० कित्ता संस्थाका कर्मचारीहरुलाई प्रदान गरिएको शेयरकको लक इन अवधि सकिन लागेको हो । उक्र शेयरको लकइन अवधि असार २९ गते समाप्त हुने कम्पनीले जनाएको छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ अनुरुप दुई , तीन वर्ष लकइन अवधिमा राख्नुपर्ने हुन्छ सोहि अनुरुप कम्पनीले लकइन अवधिमा शेयर राखेको हो । धितोपत्र बोर्डले दुई वर्ष अघि हाइड्रोलाई निष्कासित शेयर लकइन अवधिमा राख्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार