नासा सेक्युरिटिजले सञ्चालनमा ल्यायो नयाँ टिएमएस

काठमाडौं । ब्रोकर नम्बर ५८, नासा सेक्युरिटिजले अत्याधुनिक प्रविधिसहितको आफ्नै कारोबार प्रणाली नासा एक्स सञ्चालनमा ल्याएको छ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायाण श्रेष्ठको हातबाट सेयर कारोबार प्रणाली नासा एक्स सञ्चालनको शुभारम्भ गरिएको हो ।

देश विदेशमा रहेका आफ्ना लाखौं ग्राहकहरूलाई छिटो, छरितो सेवा र प्रयोगकर्ता मैत्री अनुभव दिन सो कारोबार प्रणाली सञ्चालनमा ल्याइएको हो।

नासा एक्सले नासाका चार लाख भन्दा धेरै लगानीकर्तालाई सहज, सरल र विश्वासनीय रूपमा सेयर कारोबार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

यस प्रणालीमा विश्वमा प्रचलित कारोबार अभ्यासहरूलाई समेटेर प्रविधिको नवीनतम प्रयोग गरिएको नासा सेक्युरिटिजले बताएको छ।

नासा एक्स अब ग्राहकहरुले नयाँ वेब र मोबाइल प्लेटफर्महरू मार्फत कुनै पनि समय र स्थानबाट आफ्ना कारोबारको पूर्ण जानकारी राख्न सक्ने भएका हुन्।

जहाँ प्रयोगकर्ताले सुविधाजनक रूपमा तत्काल कोल्याट्रल राख्न र झिक्न, रियल टाइम मार्केट अपडेट जस्ता धेरै सुविधाहरू प्राप्त गर्न सक्ने ब्रोकरले बताएको छ।

नासा सेक्युरिटिज नेपालको अग्रणी ब्रोकर कम्पनी हो। पूर्ण रूपमा एकीकृत ट्रेडिङ्ग पूर्वाधार सार्वजनिक गरेर नेपाली पूँजीबजारको कोसेढुंगा सावित हुने दिशामा कम्पनीले पहलकदमी लिएको छ।

ब्रोकरले ल्याएको कारोबार प्रणाली नासा एक्समा रियलटाइम इन्फर्मेशन ड्यासबोर्ड, एउटै प्लेटफर्ममा प्राविधिक चार्ट पहुँच, रियलटाइम सेयर बिक्री गरेको रकम धितोमा आएर लोड हुने, ग्राहकहरूले आफैँ रकम झिक्न सक्ने, प्रतिक्रिया र समस्या रिपोर्टका लागि च्याट बुट, केवाइसी, ट्रेडिङ, खाता विवरण, टिकट आदि को लागि एकल साइन–इन सुविधा, नासा वेबसाइटमा निःशुल्क ट्रेडिङ स्कूल, जसले सबैलाई वित्तीय-ट्रेडिङ ज्ञान प्रदान गर्ने लगाएतका मुख्य विशेषता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार