राष्ट्रिय वाणिज्य बैंकद्वारा १० स्थानमा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषा स्थित शाखा कार्यालय नगराईन, स्याङ्जा स्थित शाखा कार्यालय बयरघारी, कञ्चनपुर स्थित शाखा कार्यालय झलारी, कैलाली स्थित शाखा कार्यालय टिकापुर र सुख्खड, काठमाडौं स्थित शाखा कार्यालय कपन, रुपन्देशी स्थित शाखा कार्यालय सैनामैना, दाङ्ग स्थित शाखा कार्यालय देउखुरी, गोरखा स्थित शाखा कार्यालय पालुङटार र सर्लाही स्थित शाखा कार्यालय हरिवन शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या ३०७ पुगेको छ । साथै हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार