काठमाडौँ । हिमालयन बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि जारी गरेको छ । बैंकले ३१ हजार २३७ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो ।
बैंकले यसअघि संस्थापक शेयर बिक्रीका लागि पहिलो प्राथमितामा संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना जारी गरेको थियो । तर उक्त अवधिमा निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि १५ दिने सूचना जारी गरेको हो ।
इच्छुक व्यक्ति र संस्थाले बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाण्डौँस्थित कानून तथा शेयर विभागमा आवेदन दिन सक्नेछन् ।संस्थापक शेयरको बिक्री मूल्यसम्बन्धी जानकारीको पनि बैंकको केन्द्रीय कार्यालयबाटै लिन सकिनेछ ।

