काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्दा र चाँदीको मूल्य बढेको छ । सुन प्रति तोला छ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ९० हजार रुपैयाँमा करोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ९० हजार ६०० थियो ।
चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य २ हजार १५० रुपैयाँ थियो ।


