बैंकर डा. बुद्धि मल्लको दोस्रो पुस्तक ‘सपना सकार हुन्छन्’ बजारमा आउँदै

काठमाडौं । बैंकर डा. बुद्धि मल्लको दोश्रो पुस्तक सपना सकार हुन्छन् (संघर्ष र सफलताको कथा) चांडै बजारमा आउने भएको छ । लेखले पहिलो पुस्तक सफलता सम्भव छ पछि दोश्रो पुस्तक ल्याउने तयारी गरेका हुन् । लेखकले यस पुस्तकमा नेतृत्वका बिभिन्न बिषयहरुमा लेखिएका लेखहरु समावेश गरि पाठकहरुले उत्प्रेरणा जगाउने प्रयास गरेका छन् ।

शिखा बुक्स प्रालिको प्रकाशनमा आउन लागेको पुस्तक सपना सकार हुन्छन् (संघर्ष र सफलताको कथा) मा विभिन्न विधाका ४८ वटा लेखहरु समावेश गरिएका छन् जसले गर्दा पाठकहरुले आफूलाई समय अनुकूलतामा कुनै एउटा वा दुईवटा लेखहरु पढ्दै पुस्तक पढेर सक्न सकिनेछ । भने यि लेखहरुको सान्दर्भिकता जहिल्यै पनि रहने र उत्प्रेरणाको खांचो जुनसुकै उमेरको ब्यक्तिहरुलाई रहने भएकोले पनि यो सबैको लागि उपयुक्त हुने र सबै उमेर समूहको लागि यसले एउटा उत्प्रेरणाको श्रोतको रुपमा भूमिका खेल्न सक्ने लेखक डा. मल्लको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार