काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको १५औं वार्षिक साधारणसभा आज बुधबार बस्दैछ ।
फाइनान्सको साधारण सभा, अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन ।
सभाले विषेश प्रस्तावअन्तर्गत अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

