काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल आयातको भरमा टिकेको बताएका छन् ।
पार्टीको आपूर्ति तथा उपभोक्ता विभागको बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेपालले मान्छेबाहेक केही निर्यात नै गर्न नसक्नेजस्तो अवस्था भइसकेको बताए ।
उनले भने, ‘सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा हो, सरकारले सहयोग गर्ने मात्रै हो। हाम्रो पार्टीले सहयोग गर्छ ।’
उनले उद्योगी र व्यापारीलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए ।
उनले थपे, ‘हाम्रो देश ठूला दुई देशको बीचमा छ । त्यसैले उत्पादन राम्रो नहुन सक्छ, त्यसैले क्वालिटीमा जानसक्यौं भने हाम्रो कुरा बिक्छ ।’

