१६ सयले बढ्यो सुन, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ थियो ।

चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य २ हजार १६५ रुपैयाा थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार