CLI

२० अर्ब ४० करोड गायब भएको कुरा झूटो हो : नेपाल बैंक

काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०७४/०७५ मा बैंकबाट २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी प्रकाशित समाचारहरुको खण्डन गरेको छ।

बैंकको धर्मपथस्थित केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो।

‘यस बैंकबाट आव २०७४/७५ मा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी प्रकाशित गरेको भ्रामक, झूटो र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, बैंकले भनेको छ।

बैंकले राष्ट्र बैंकका जारी निर्देशन तथा प्रचलित नेपाल कानुनबमोजिम आफ्नो हिसाबकिताब राख्दै आएको, नियामकीय निकायलाई बैंकको अनुपालनाका विषयमा पूर्ण जानकारी भएको र बैंकका लेखापरीक्षण भएका वित्तीय विवरणहरु त्रैमासिक तथा वार्षिक रुपमा सबैको जानकारीको लागि सार्वजनिक गर्ने गरिएको उल्लेख गरेको छ।

साथै बैंक नियामक निकायको नीति तथा निर्देशनहरु पूर्णपालनामा प्रतिबद्ध रहेको पनि दाबी गरिएको छ।

Leave Your Comment

Related News