काठमाडौं ।साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । पछिल्लो दुई दिन बढेको शेयर बजार बुधबार र बिहीबार घटेको हो ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.९९ अंकले घटेर ४५४.०९ विन्दुमा पुगेर बन्द भयो । साथै फोल्ट इन्डेक्स ०.५९ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.७४ अंकले घटेको हो ।
बिहीबार ३११ वटा कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार पुगेको छ । जुन बुधबारको तुलनामा २ अर्ब ६० करोड ८३ लाखले बढी हो । बुधबार ३०७ वटा कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ९० करोड ७० लाख ५ हजार पुगेको थियो ।
यसैबीच बिहीबार बजार पुँजीकरण रकम भने ४४ खर्ब २३ अर्ब ३ करोड पुगेको छ ।
यसदिन ९९ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ४ वटा उपसमूह बढ्दा बाँकी ९ वटा उपसमूह घटेको छ । वित्त २२, होटल र पर्यटन १४५, जलविद्युत ८ र म्युअुचल फण्ड ०.०२ अंकले बढ्दा बैंकिङ ९, विकास बैंक ५५, लगानी ०.४६, जीवन बीमा ६६, उत्पादन र प्रशोधन ३८, लघुवित्त २१, निर्जीवन बीमा ६०, व्यापार ४६ र अन्य समूह ७ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा ङादी ग्रुप कम्पनी,सानिमा माई हाइड्रोपावर , राधी विद्युत कम्पनी, युनिर्भसल पावर कम्पनी र बुटवल पावर कम्पनी रहेको छ । ङादी ग्रुप कम्पनीको १ अर्ब ८ करोड १ लाख,सानिमा माई हाइड्रोपावरको ७५ करोड ३८ लाख , राधी विद्युत कम्पनीको ५४ करोड ४१ लाख, युनिर्भसल पावर कम्पनीको ४८ करोड ८८ लाख र बुटवल पावर कम्पनीको ४६ करोड ९० लाख बराबर कारोबार भयो ।

