काठमाडौं । जिल्ला अदालत काठमाडौँले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनमा संलग्न रहेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।
अन्य ३२ जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ ।
यस्तो छ थुनामा पठाइएका र धरौटीमा छाडिएकाको सूची


