सुनको मूल्यमा भारी वृद्धि

काठमाडौं । सुनको मूल्यमा भारी वृद्धि भएको छ । आज सुन प्रति तोला ४ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ थियो ।

चाँदी प्रति तोला १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य २ हजार १५० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार