चार मुख्य न्यायाधीश सिफारिस, वैदेशिक रोजगार न्यायाधिकरणमा पनि सरुवा

काठमाडौं । न्याय परिषद्ले देशभरका उच्च अदालतमा रिक्त रहेका मुख्य न्यायाधीश पदहरूमा नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले चारजना न्यायाधीशलाई विभिन्न उच्च अदालतका प्रमुखका रूपमा सिफारिस गरेको हो।

परिषद्ले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा कार्यरत न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा सिफारिस गरेको छ।

त्यसैगरी, उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश लालबहादुर कुँवरलाई पाटन अदालतकै मुख्य न्यायाधीश, उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामा कार्यरत न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतको प्रमुख, र उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत न्यायाधीश राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको हो।

त्यसैगरी, वैदेशिक रोजगार न्यायाधिकरणमा कार्यरत न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा सरुवा गर्ने निर्णय गरिएको छ।

परिषद्ले वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत पाटन, हेटौंडा इजलासमा कार्यरत न्यायाधीश शान्ता सेढाई सापकोटालाई तोक्न पनि सिफारिस गरेको छ।

परिषद्का अनुसार सिफारिस भएका न्यायाधीशहरूको अन्तिम नियुक्ति राष्ट्रपति र मन्त्रिपरिषद्को प्रक्रिया पश्चात् हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार