काठमाडौं । गत साता राताम्मे बनेको शेयर बजार यो साता भने लगानीकर्तालाई आशाको संकेत दिएको छ । बजेट सार्वजनिक भए पछिको पहिलो साता नकारात्मक रहेको शेयर बजार दोस्रो साता भने सकारात्मक देख्न सकिन्छ । यो साता पाँच कारोबार दिन मध्ये तीन दिन शेयर बजार बढ्दा बाँकी दिन घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम करिब २४ अर्ब बढीले बढेको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम २४ अर्ब १ करोड ८६ लाखले बढेको हो । गत साता ४३ खर्ब ९९ अर्ब १ करोड रहेको बजार पुँजीकरण रकम यो साता ४४ खर्ब २३ अर्ब ३ करोड पुगेको हो ।
त्यस्तै नेप्सका अनुसार गत साताको तुलनामा यो साता कारोबार रकम २१ अर्ब ३६ करोड ९९९ लाखले बढेको छ ।
गत साता २९ अर्ब ४ करोड १ लाख कारोबार रकम पुग्दा यो साता कारोबार रकम ५० अर्ब ४१ करोड पुगेको हो ।
साथै कारोबार कित्ता शेयरको संख्या समेत बढेको छ । गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयर ५ करोड ४ लाख ६९ हजारले बढेको छ । गत साता ६ करोड ८४ लाख ४६ हजार कित्ता शेयर खरिद बिक्री हुँदा यो साता ११ करोड १८ लाख ७४ हजार कित्ता शेयर खरिद बिक्री भएको हो ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २६०० वरपर रहेको छ । यो साता नेप्से परिसूचक २६५५.३८ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक १४.४२ अंकले बढी हो । गत साता नेप्से परिसूचक २६४०.९६ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ४५४.०९ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा २.७६ अंकले बढी हो । गत साता सेन्सेटिभ इन्डेक्स ४५१.३३ विन्दुमा पुगेर बन्द भएको थियो ।

नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचकको हकमा भने ७ वटा उप समुह बढ्दा बाँकी ६ वटा उपसमुह घटेको छ । गत साताको तुलनामा यो साता वित्त १०२, होटल र पर्यटन १४८, जलविद्युत १९०, लगानी ०.२७ , म्युअुचल फण्ड ०.०६, व्यापार ३२ र अन्य समूह २८ अंकले बढ्दा बैंकिङ ११, विकास बैंक ५३, जीवन बीमा १५०, उत्पादन र प्रशोधन १०३, लघुवित्त २२ र निर्जीवन बीमा ५६ अंकले घटेको हो ।


