असारको लागि सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

काठमाडौं ।वाणिज्य बैंकहरुले असारका लागि मुद्दति निक्षेपको ब्याजदार सामान्य घटाएका छन् । वाणिज्य बैंकहरुले असारका लागि मुद्दति निक्षेपका लागि औसत ५.९०२ प्रतिशत ब्याजदर कायम गरेका छन् । जेठका लागि मुद्दति निक्षेपका लागि ५.९५२ प्रतिशत ब्याजदर कायम गरेको थियो । यो सँगै औसतमा मुद्दति निक्षेपका लागि वाणिज्य बैंकहरुले जेठको तुलनामा असारका लागि ०.०५ प्रतिशतले ब्याजदरमा कमी ल्याएको हो ।

असारका लागि १ वटा बैंकले ब्याजदर बढाँउदा चार वटाले ब्याजरद घटाएका छन् र १५ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् । मुद्दति निक्षेपका लागि ब्याजदर बढाउनेमा कृषि विकास बैंक रहेको छ भने ब्याजदर घटाउनेमा कुमारी बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक र एनआइसी एशिया बैंक रहेको छ । बाँकी नेपाल, एसबीआई, हिमालयन, नेपाल इन्भेष्टमेन्ट , सिटिजन्स र स्टान्र्डड चार्टर लगायतका बैंकहरुले ब्याजदरमा स्थिरता अर्थात् वैशाखको ब्याजरदलाई जेठमा पनि निरन्तरता दिएको छ ।

पछिल्लो समयमा बैंकहरुले लगातार ब्याजदर घटाइरहेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । कर्जा प्रवाह हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरु चलयामान हुन सकेका छैनन् । बैंकहरुमा गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ भने कर्जा प्रवाह न्यून रहेको छ । सरकारको नीतिगत अवरोधका कारण निजी क्षेत्र चलयामान हुन नसक्दा कर्जा प्रवाह खुम्चिएको हो । निजी क्षेत्रले चालु पुँजी कर्जा नीति खारेज गर्न माग समेत गरेका छन् । ब्याजदर घट्दै जाँदा बेसरेट पनि घट्दै जानेछ , जसले गर्दा कर्जाको ब्याजदर थप घटाउने निश्चित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार