काठमाडौं । आज सातवटै प्रदेशले नयाँ बजेट ल्याउँदैछन् ।
असार १ गते अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक गर्न लागेका हुन् ।
यस आवमा बागमती प्रदेशबाहेक अन्य अधिकांश प्रदेशले बजेटको आकार नबढाउने तयारी गरेका छन् । प्राय: सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन् ।
बागमतीले प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएकोमा आगामी आवमा करिब ७० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउँदैछ ।

