CLI

ग्वार्को फ्लाइओभरको उद्घाटन असार ६ गते

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभर  निर्माणको काम अन्तिम चरणमा पुगेको छ । असार ६ गते प्रधानमन्त्रीले उद्घाटन गरी सवारी सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

फ्लाइओभर निर्माणका लागि २०७८ फागुन १२ गते आशिष–समानान्तर–रेलिगेर जेभीसँग  १७ करोड ६ लाख रुपैयाँमा सम्झौता भएको थियो । शुरुमा २ वर्षमा निर्माण सक्नेगरी म्याद थपिएकोमा निर्धारित समयमा काम नसिकएपछि तीन पटक म्याद थप गरेर निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

उद्घाटनलगत्तै फ्लाइ‌ओभरबाट सवारी सञ्चालन गरिनेछ ।

फ्लाइओभर सञ्चालनपछि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने जाम कम हुने विश्वास गरिएको छ ।

Leave Your Comment

Related News