काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले कर्णाली वाटर पावर प्रालिमा गरेको लगानी मध्ये केही लगानी बिक्री गर्ने भएको छ । कम्पनीको असार १ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले कर्णाली वाटर पावरमा ७ करोड ७० लाख रुपैयाँ शेयर लगानी गरेकोमा सो मध्ये ४ करोड २३ लाख रुपैयाँ बराबरको शेयर लगानी बिक्री गर्ने निर्णय गरेको हो । साथै कम्पनीले कर सहित ९ करोड १४ लाख २६ हजार ५१३ रुपैयाँमा सो लगानी बिक्री गर्ने निर्णय गरेको हो ।
४ करोड २३ लाखको लगानी ९ करोड १४ लाखमा बिक्री गर्दा कम्पनीलाई शतप्रतिशत बढी नाफा हुने देखिन्छ ।

