तस्बिर सौजन्य :नेपाली सेना
काठमाडौं । परिवारसँग जामाचो हाइकिङ गएर फर्कने क्रममा जेठ ३१ देखि हराएका एक जना बालकको नेपाली सेनाले उद्धार गरेको छ । बालकको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । गोङ्गबु गणेशथानका १३ वर्षीय बालकलाई नागार्जुनस्थित भैरवीदल गणबाट खटिएको टोलीले भिरबाट ६०० मिटर तल घाइते अवस्थामा फेला पारेको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार, बालक हराएको सूचना पाए लगत्तै नागार्जुनस्थित भैरवीदल गणबाट खोज तथा उद्धार टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा टोलीले बालकलाई भिरबाट करिब ६०० मिटर तल घाइते अवस्थामा फेला पारेको थियो।
भिरबाट घाइते अवस्थामा उद्धार गरिएका ती बालकलाई सेनाले नै प्राथमिक उपचार गरेको सेनाले जानकारी दिएको छ। उनको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

