काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । बुधबार देखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको हो ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२५ अंकले घटेर ४५३.१६ विन्दुमा पुगेर बन्द भयो । साथै फोल्ट इन्डेक्स ०.१५ ले बढ्दा सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.०६ अंकले घटेको हो ।
सोमबार ३१८ वटा कम्पनीको ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार पुगेको छ । जुन आइतबारको तुलनामा १ अर्ब ७४ करोड ३६ लाख ७३ हजारले बढी हो । आइतबार ३०८ वटा कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार पुगेको थियो ।
यसैबीच सोमबार बजार पुँजीकरण रकम भने ४४ खर्ब २९ अर्ब ४६ करोड पुगेको छ ।
यसदिन १२४ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १२४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ८ वटा उपसमूह बढ्दा बाँकी ५ वटा उपसमूह घटेको छ । वाणिज्य बैंक ७, विकास बैंक १६, होटल र पर्यटन ३२३, जीवन बीमा १६, लघुवित्त २८, म्युअुचल फण्ड ०.०६, निर्जीवन बीमा ३१ र व्यापार ४ अंकले बढ्दा वित्त ३०, जलविद्युत ३७, लगानी ०.१५, उत्पादन र प्रशोधन २ र अन्य समूह ७ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सानिमा माई हाइड्रोपावर , ङादी ग्रुप कम्पनी ,बुटवल पावर कम्पनी ,सिंगटी हाइड्रो इनर्जी र राधी विद्युत कम्पनी रह्यो । सानिमा माई हाइड्रोपावरको ९५ करोड १६ लाख , ङादी ग्रुप कम्पनीको ९० करोड ३१ लाख ,बुटवल पावर कम्पनीको ५८ करोड ७९ लाख ,सिंगटी हाइड्रो इनर्जीको ५७ करोड ७४ लाख र राधी विद्युत कम्पनीको ५४ करोड ७ लाख बराबर कारोबार भयो ।

