काठमाडौं । सन नेपाल लाइफको हकप्रद शेयरका लागि आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।
यसअघि कम्पनीको हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । मागअनुसार पर्याप्त आवेदन नपरेपछि शेयर बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले असार ३ गतेसम्म बैंकिङ समयभित्र हकप्रदमा आवेदन दिन सक्ने गरी म्याद थप गरेको थियो ।
सन नेपाल लाइफले गत वैशाख ३० गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले हाल कायम चुक्तापुँजीको २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद सेयर निष्कासन गरिरहेको छ । कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता सेयर अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँकाे जारी गरिएको छ । यसबाट कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्ने छ ।
सेयरधनीहरूले मेराे सेयरकाे माेबाइल एप तथा सीडिएससीकाे वेवसाइट तथा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, सन नेपाल लाइफका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै, आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।

