काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जीवन खनालले राजीनामा दिएका छन् । खनालले राजीनामा दिएपछि दिपेन्द्र खतिवडालाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।
संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई खतिवडालाई निमित्त सीईओको जिम्मेवारी प्रदान गरेको जानकारी गराएको हो ।
संस्थाको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार खतिवडालाई उक्त जिम्मेवारी दिइएको हो ।
खनालले असार १ गतेदेखि निमित्त सीईओको जिम्मेवारी सम्हालिसकेका छन् ।

