विदेशबाट फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रका आधारमा खाता अद्यावधिक गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूको खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्नुपर्ने व्यवस्था रहेको छ ।

तर, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको हकमा विदेशमै बसी अनलाइनमार्फत इजाजतपत्रप्राप्त संस्थामा खाता खोल्नु पर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्छन् ।

यसरी खोलिने खाताका सम्बन्धमा ती खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले उक्त जानकारी गराएको हो ।

साथै, आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार