काठमाडौं । ट्रेड टावर लिमिटेडको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । जेठ २० गतेदेखि लागू हुने गरी क्यापिटललाई रजिष्ट्रारमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
क्यापिटलले कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत पुरा गरेको थियो । शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै आगामी दिनमा क्यापिटलले कम्पनीको शेयर व्यवस्थापनका सम्पूर्ण कामहरु गर्नेछ ।
यस कम्पनीले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशतले हुने ३ लाख ९७ हजार १६९.३० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा ५ प्रतिशतले हुन आउने १ लाख ९८ हजार ५८४.६५ कित्ता सामूहिक लगानीकोषका लागि, २ प्रतिशतले हुन आउने ७९ हजार ४३३ .८६ कित्ता कम्पनीका कर्मचारीका लागि र बाँकी ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ थप सर्वसाधारणमा बाँडफाँट गरेको छ ।
यस कम्पनीमा संस्थापकतर्फ ५१.३०४ प्रतिशत शेयर स्वामित्व रहेको छ भने सर्वसाधारणमा ४८.६९६ प्रतिशत शेयर जारी गरिएको हो ।

