२५ सयले घट्यो सुन

काठमाडौं । नेपालमा बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको १ लाख ९७ हजार ५०० रुपैयाँ थियो ।

चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी मूल्य २ हजार १६५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार