CLI

मोदी इनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । मोदी इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताव सहित यही असार १९ गते ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ।

उक्त विशेष साधारणसभाले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै सभाले हकप्रद शेयर जारी भइसकेपछि प्राप्त हुने पूँजीको उपयोग गर्ने विषयमा पनि टुङ्गो लगाउनेछ। यसका साथै कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र १ जना संस्थापक समूहबाट सञ्चालक नियुक्त गर्नेछ।

त्यसैगरी हकप्रद निष्कासनका लागि कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ असार १२ गते बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ। यसर्थ असार ११ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन पाउनेछन्।

Leave Your Comment

Related News