काठमाडौं । प्रभु बैंकले करिब १० हजार संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको छ । बैंकले ९ हजार ८८२ कित्ता संस्थापक शेयर संस्थापक शेयरधनीहरुले खरीद नगरे सँगै सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुका ासथै अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् । बैंकको शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । खरीदकर्ताहरुले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गर्दै प्रभू बैंकका लागि न्यूनत १ हजार कित्ता शेयर खरीद माग गर्दै आवेदन पेश गर्नुपर्ने हुन्छ ।
शेयर बिक्री प्रबन्धकमा भने मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

