छिमेक लघुवित्तको करिब साढे २ लाख संस्थापक शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले करिब साढे २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनीहरुमा बिक्री नभएको २ लाख ४४ हजार ४८० कित्ता संस्थापक शेयर बिक्रीा ल्याएको हो ।

उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् । लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकिएको छ ।

खरीदकर्ताहरुले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गर्दै प्रभू बैंकका लागि न्यूनतम ५० हजार कित्ता शेयर खरीद माग गर्दै आवेदन पेश गर्नुपर्ने हुन्छ । शेयर बिक्री प्रबन्धकमा भने मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार