डिप्रोक्स लुघवित्तको २ लाख बढी कित्ताको ‘लक इन’ साउनमा सकिने

काठमाडौं । डिप्रोक्स लुघवित्त वित्तीय संस्था लिमिटेडको २ लाखभन्दा बढी कित्ता शेयरको ‘लक इन’ अवधि २०८२ साउनदेखि सकिने भएको छ ।

हाल लघुवित्तमा संस्थापकहरूको शेयर २ लाख २ हजार ३४२ र कर्मचारीको १ हजार ४८२ कित्ता गरी कुल २ लाख ३ हजार ८२४ कित्ता शेयर ‘लक इन’ आगामी साउन १० गतेदेखि सकिन लागेको हो ।

लक इन अवधि सकिएसँगै दोस्रो बजारमा कारोबार हुनेछ । साथै, संस्थापक शेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा लघुवित्तको उच्च तहमा रहेका कर्मचारीले पनि उक्त शेयर बिक्री गर्न पाउनेछैनन् ।

कम्पनीले साबिक आदर्श लघुवित्तलाई प्राप्ती गरी २०८० असार १ गतेबाट एकीकृत कारोबार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार