गार्डियन माइक्रो लाइफको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्को शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त भएको छ ।

गार्डियनको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकअनुसार यस कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका कार्यका लागि हिमालयन इन्भेष्टमेन्ट बैंकर क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

यो सँगै शेयर रजिष्ट्रारअन्तर्गतका सबै काम हिमालयन इन्भेष्टमेन्ट बैंकरमार्फत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार