काठमाडौं । प्रभु स्टिल्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
संस्थापक शेयर धनीहरुका लागि मात्र बिक्रीमा राखिएको उक्त शेयरको मूल्य प्रतिकित्ता ६२ रुपैयाँ ५ पैसा तोकिएको छ । यो सँगै शेयर संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने छन् ।
इच्छुक संस्थापक शेयरधनीले असार ३२ गतेभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ । अन्यथा, उक्त शेयर सर्वसाधारणलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

