एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबिच वित्तीय व्यवस्थापन गर्न सहमति

काठमाडौं । एभरेट६ बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेड बिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ३६ करोड रुपैयाँ वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष बिजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।

मनाङको नासोङ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रबद्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई ईपीसी मोडलमा ठेक्का लगाइएको छ र यसबाट उत्पादित विद्युत मनाङको धारापानी स्थित सब स्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ । यस परियोजनाको लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेड बिच विद्युत खरिद बिक्रि सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।

पंजाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारीमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेको र देशैभरीे १३२ शाखा संजाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएम छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकि सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार