CLI

सरोकारवालासँग बैंकिङ क्षेत्र सुधार कार्यदलको सुझाव आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सरोकारवालासँग सुझाव उपलब्ध गराउन आह्वान गरेको छ। ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ले बुधबार सूचना जारी गर्दै सुझाव आह्वान गरेको हो। सरोकारवालाहरुलाई असार ११ गतेसम्म [email protected] इमेलमा सुझाव उपलब्ध गराउन आह्वान गरिएको छ ।

राष्ट्र बैंकद्वारा सार्वजनिक सूचनामा ६ विषयमा सुझाव माग गरिएको छः

१. बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा ।
२. आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ।
३. ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा ।
४. बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका (merger and post- merger) समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा ।
५. नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा ।
६. पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा ।

कार्यदलको संयोजक डा. रेवतबहादुर कार्की, सदस्य भुवनकुमार दहाल तथा राष्ट्र बैंकका प्रतिनिधिसहितको टोलीले प्राप्त सुझावको विश्लेषण गरी नीति सिफारिस गर्नेछ ।

Leave Your Comment

Related News