काठमाडौं । प्रभु बैङ्कको २७८१६६ कित्ता शेयर बिक्रिमा रहेको छ । यो शेयर खरिद गर्न चाहने बिध्यमान संस्थापक शेयर धनीले आजको मितिले ३५ दिन भित्र आबेदन दिनु पर्नेछ । तोकिएको समयभित्र बिध्यमान संस्थापक शेयरधनीले प्रस्तावित शेयर खरिद गर्न आबेदन पेश नगरेमा बिध्यमान संस्थापक शेयरधनी बाहेक आम सर्वसाधरण नागरिकलाई सो शेयर बिक्रि गर्ने प्रकृया अघि बढाउने बैङ्कले जनाएको छ ।
बैङ्कका हाल कायम शेयधनि मध्ये राजकुराम दाहालको नाममा रहेको ८ हजार ५ सय तिस कित्ता राधादिँ पौडेलको नाममा रहेको २९ हजार ४ सय २८ कित्ता झनकराज डगोलको नाममा रहेको ५ हजार ३ सय १८ कित्ताशम्भू कुमार बस्नेतको नाममा रहेको ३ हजार ६ सय ५६ कित्ता उत्तम बरालको नाममा रहेको ५६ हजार १ सय ४२ कित्ता सिताराम काफ्लेको माममा रहेको ४८ हजार ७ सय कित्ता टेक बहादुर थापा क्षेत्रिको नाममा रहेको ३६ हजार ८२ कित्ता सनिदेब सप्लायर्य प्रा. लि. को नाममा रहेको ३९ हजार ४ सय १५ कित्ता परितिष प्रसाद पाणडेको नाममा रहेको २४ हजार ५ सय ८५ कित्ता परिश्रुत प्रसाद पाण्डेको नाममा रहेको २६ हजार ३५० कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको हो

