काठमाडौं । लगातार परेको पानी र बर्षाको कारण पुर्व पश्चिम महेन्द्र राजमाग्र अन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको सडक अबरुद्द भएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरी नायव उपरीक्षक सूचना अधिकारी (मधु नेपाल) ले दिएको जानकारी अनुसार बर्षादको कारणले नारायणगढ-बुटवल सडक खण्डको विनयी खोलामा पानीको सतह वढ्न गई सवारी आवागमन भईरहेको डाइभर्सनमा क्षती पुगेको कारण तथा निरन्तर बर्षाका कारण दुम्कीबास-दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर,घ्यूखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने भई आवागमन असहज भएको छ ।
उनले आज एक सुचना जारी गर्दै सो रुट मार्फत यात्रा गर्ने यात्रुलाइ गराउदै सके सम्म सो क्षेत्रबाट यात्रा नगरी बैकल्पिक रुटबाट यात्रा तय गर्न भनेका छन् ।
। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले तय गरको बैकल्पिक रुटमा पूर्वबाट पश्चिम जाने सवारी साधनको हकमा:- नारायणगढ,मुग्लिङ, पोखरा, स्याङजा, बुटवल हुँदै गन्तव्य स्थान काठमाण्डौबाट पश्चिम जाने सवारी साधनको हकमा:-मुग्लिङ पोखरा, स्याङजा, बुटवल हुँदै गन्तव्य स्थान पश्चिमबाट पूर्व जाने सवारी साधनको हकमा:- बुटवल, स्याङजा, पोखरा, मुग्लिङ हुदै गन्तव्य स्थान साना सवारी साधनको हकमा अवस्था बुझेर कालिगण्डकी करिडोर अन्तर्गत गैडाकोट, पिपलडाडा सडक खण्डबाट यात्रा गर्न अनुरोध गरेको छ ।

