फेडरल रिजर्भको ब्याज दर यथावत, ‘पर्ख र हेर्न’ रणनीति कायम

काठमाडौं । अमेरिकी फेडरल रिजर्भ (फेड) ले संघीय कोष दरको लक्ष्य दायरा ४.२५ प्रतिशतदेखि ४.५ प्रतिशतसम्म यथावत् राख्ने निर्णय गरेको छ । हालैको मौद्रिक नीतिसँगै, फेडले पछिल्लो पटक पनि ब्याजदरमा कुनै परिवर्तन नगर्ने निर्णय गर्दै चौथोपटक लगातार बेन्चमार्क दर यथावत् राखेको हो ।

फेडको निर्णयलाई ‘पर्ख र हेर्न’ रणनीतिको निरन्तरता मानिएको छ, जुन पछिल्लो समय अमेरिकी आर्थिक गतिविधिमा देखिएको स्थायित्वका आधारमा गरिएको हो । अमेरिकाको श्रम बजार अझै बलियो देखिएको छ भने बेरोजगारी दर कम नै छ । यद्यपि मुद्रास्फीति अझै केही हदसम्म उच्च रहेको फेडले जनाएको छ ।

फेडअन्तर्गतको संघीय खुला बजार समिति (एफओएमसी) ले आर्थिक पूर्वानुमानका साथै विभिन्न आर्थिक सूचकहरूको निगरानी जारी राख्ने जनाएको छ । आगामि महिनाहरूमा आउने आँकडाहरूका आधारमा मात्र नीतिगत निर्णयहरू लिने संकेत समितिले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार