भिजिट भिसा प्रकरणमा संसदको आन्दोलन थप सशक्त बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा संसदमा सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । रास्वपाले संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो।

बुधबार बसेको रास्वपा सचिवालय बैठकले ७ गते आन्दोलनकै रुपमा पार्टी स्थापना दिवस पनि मनाउने समेत निर्णय गरेको छ। ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने रास्वपा निर्णय छ। रास्वपा वैकल्पिक राजनीतिक पक्षधरहरुलाई एकताबद्ध गर्नुपर्ने निष्कर्षमा पुगेको छ। बैठकले वैकल्पिक राजनीति पक्षधरलाई एकताबद्ध गर्न नेतृत्व लिने निर्णय गर्दै यसका लागि सहकार्य संवाद कार्यदल गठन गरेको छ।

कार्यदलमा रहेका सदस्यको नाम भने खुलाइएको छैन। ‘विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने,’ पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले बिहीबार सार्वजनिक गरेको सचिवालय बैठकको बुधबारको निर्णयमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार