काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । सुन प्रति तोला ८०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य १ लाख ९५ हजार ५०० रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य २ हजार २०० रुपैयाँ थियो ।

