CLI

इजरायलको पक्ष लिँदै अमेरिकाद्वारा इरानमा तीन आणविक आक्रमण

काठमाडौं । अमेरिकाले इरानमा तीन आणविक आक्रमण गरेको छ । इरान-इजरायलबीच चलिरहेको युद्धमा  इजरायलको पक्ष लिँदै अमेरिका युद्धमा प्रत्यक्ष सहभागी भएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकी सेनाले इरानका तीन प्रमुख आणविक केन्द्रहरूमा बम आक्रमण  गरेको छ ।

ट्रम्पले एक ट्विटमार्फत् फोर्डो, नातान्ज र एसफाहानस्थित आणविक साइटहरूमा  बम खसालिएको जनाएका छन्।

उनका अनुसार आक्रमणमा प्रयोग गरिएका सबै विमानहरू इरानको आकाशबाट बाहिरिसकेका छन् र सकुशल रूपमा आफ्नो आधारतिर फर्किइरहेका छन्।

अमेरिका युद्धमा प्रत्यक्ष देखिएसँगै यसले मध्यपूर्वमा तनावको नयाँ तरंग ल्याउने निश्चित गरेको छ ।

Leave Your Comment

Related News