CLI

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्वार

काठमाडौं । नेपालका विभिन्न जिल्लाका युवाहरूलाई भारतको उत्तराखण्डस्थित काशीपुरमा बन्धक बनाई कुटपिट तथा यातना दिइएको सूचना पछि भारतीय प्रहरीले ३५ जना नेपाली युवाहरूको उद्धार गरेको छ।

नयाँदिल्लीस्थित नेपाली राजदूतावासले  भारतस्थित सामाजिक संस्था किन इन्डिया र उत्तराखण्ड प्रहरीको समन्वयमा  असार ५ गते उनीहरूको उद्धार गरिएको जनाएको छ ।

उनीहरूलाई आकर्षक जागिर दिने प्रलोभन देखाई भारत लगिएको थियो ।

तर काशीपुरमा बन्धक बनाएर मानसिक र शारीरिक यातना दिइएको बताइएको छ ।

राजदूतावासका अनुसार उद्धार गरिएका केही व्यक्तिहरूसँग स्थानीय प्रहरीले सोधपुछ गरिरहेको छ । अन्य नेपाली युवाहरूको खोजी कार्य जारी रहेको र उद्धारपछिका कानुनी प्रक्रिया पूरा भएपछि नेपाल पठाउने तयारी भइरहेको छ ।

Leave Your Comment

Related News