काठमाडौं । अभियान लघुवित्तको साधारणसभा असार ३० गते हुने भएको छ । शनिबार बसेको सञ्चालक समितिको ११०औं बैठकले साधारणसभाको मिति तय गरेको हो ।
साधारणसभा ताम्राकार पार्टी भेन्यु पनौतीमा हुनेछ । समितिको तर्फबाट आव २०८०/८१ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।
लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, आव २०८०/०८१ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने, वित्तीय संस्थामा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक समितिको निर्वाचन गर्नेलगायत प्रस्तावहरु गरिएको छ ।

