CLI

बैंकिङ प्रणालीबाट ६० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) बढेसँगै नेपाल राष्ट्र बैंकले ६० अर्ब निक्षेप खिच्ने भएको छ । केन्द्रीय बैंकले आइतबार असार ८ गते सूचना प्रकाशित गर्दै ४२ दिनका लागि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप खिच्न लागेको जानकारी दिएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता वृद्धि भएसँगै केन्द्रीय बैंकले नियमित रुपमा निक्षेप उठाइरहेको छ ।

बैंक तथा वित्तीय संस्थाले आज ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोलमा सहभागि हुन सक्छन् । केन्द्रीय बैंकले साउन १८ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार