माउन्टेन इनर्जी नेपालका दुई सञ्चालकको राजीनामा स्वीकृत

काठमाडौं । माउन्टेन इनर्जी नेपालको दुई जना सञ्चालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले उनीहरुको राजीनामा स्वीकृत गरेको हो ।

कम्पनीका सञ्चालक सुनिल प्रसाद राजभण्डारीले असार ४ गते तथा सञ्चालक टिका प्रसाद उप्रेतीले असार ५ गते कम्पनीको संचालक पदवाट राजीनामा दिएका थिए ।

अब माउन्टेन इनर्जी नेपालले ती सञ्चालकहरूको स्थानमा नयाँ सञ्चालक चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार