काठमाडौं । चेक अनादर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालका–५ कटुन्जे बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ घर भएका ४० वर्षीय विरेन्द्र खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०८१ चैत २९ गतेको फैसला उक्त मुद्दामा दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–५ कटुन्जेबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।

