CLI

२८ वटा भन्सार मध्ये १८ वटाबाट निर्यात हुँदा १० वटाबाट निर्यात शून्य

काठमाडौं । नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि २८ वटा नाका तथा भन्सार कार्यालयहरु सञ्चालनमा रहेको पाइन्छ । उक्त भन्सार कार्यालयहरु मध्ये पछिल्लो समय निर्यात व्यापारका लागि भने १८ वटा भन्सार कार्यालय तथा नाकाहरु प्रयोगमा आँउदा बाँकी १० वटा भने प्रयोग बिहीन बन्न पुगेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (आव)को ११ महिनाको अवधिमा सबैभन्दा बढी निर्यात व्यापार विरगञ्ज, विराटनगर, त्रिभुवन विमानस्थल, मेची भन्सार कार्यालय तथा नाकाबाट भएको छ । समिक्षा अवधिमा विरगञ्जबाट ९१ अर्ब ५० करोड ७१ लाख, विराटनगरबाट ६५ अर्ब १८ करोड ७८ लाख, त्रिभुवन विमानस्थलबाट ३२ अर्ब २८ करोड २० लाख र मेचीबाट २३ अर्ब २८ करोड २० लाखको बराबरको सामग्री निर्यात भएको छ ।

त्यस्तै समिक्षा अवधिमा भैरहवाबाट १८ अर्ब ५८ करोड ९३ लाख, डाइपोर्टबाट ४ अर्ब ८४ करोड १२ लाख, जलेश्वरबाट २ अर्ब ८८ करोड ६६ लाख, नेपालगञ्जबाट २ अर्ब ८५ करोड १५ लाख, कृष्णनगरबाट २ अर्ब २३ करोड ९४ लाख बराबरको  सामग्री  निर्यात भएको छ । सोहि अवधिमा रसुवाटबा १ अर्ब ९६ करोड १४ लाख, कैलालीबाट ९८ करोड २९ लाख, सर्लाहीबाट ८७ करोड ८१ लाख, पशुपतिनगरबाट ४ करोड ७९ लाख, गौरबाट १ करोड ३८ लाख, कञ्चनपुरबाट ६० लाख ४८ हजार , सेतीबाट ८ लाख ३० हजार , भद्रपुरबाट ५० हजार र सिराहबाट १६ हजार बराबरको सामग्री निर्यात भएको छ ।

समिक्षा अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुहरुमा सोयाविन तेल, फलाम तथा फलामका उत्पादनहरु, यार्न, ऊनी गलैंचा, सूर्यमुखी तेल, तयारी पोशाक, अलैंची, ,प्लाईउड, जुट तथा जुटका सामानहरु, जुस, चिया, ऊनी फेल्टका उत्पादन, कुकुर विरालाका आहारा, पिना, पश्मिना शल, कपडा, जडीबुटी, , अदुवा, तामा तथा तामाका उत्पादन, चाऊचाऊ प्रमुख रुपमा रहेका छन्।

Leave Your Comment

Related News