CLI

सुनको मूल्य स्थिर चाँदी बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा सुन कारोबार भएको थियो ।

चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य २ हजार १६० रुपैयाँ थियो ।

Leave Your Comment

Related News