CLI

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा आह्वान, हकप्रद शेयर प्रस्ताव संशोधन हुने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लाभांश पारित गर्न र प्रस्तावित हकप्रद शेयर संशोधन गर्न असार ३० गते ३१औं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजे सुरु हुने कम्पनीले जनाएको छ।

सभामा आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र करसहित ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने तयारी गरेको छ।

साथै, नेपाल बीमा प्राधिकरणको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउनुपर्ने निर्देशनअनुसार यसअघि पारित गरिएको १५ प्रतिशत हकप्रद शेयर प्रस्तावमा संशोधन गर्ने प्रस्ताव समेत सभामा पेश गरिनेछ। बोनस शेयर वितरणपश्चात चुक्ता पुँजीमा भएको वृद्धिलाई ध्यानमा राख्दै अब १० प्रतिशत हकप्रद शेयर (१०० कित्तामा १० कित्ता) निष्कासन गर्ने गरी प्रस्ताव संशोधन गरिनेछ।

साधारणसभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले असार १९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १८ गतेसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि सहभागी बन्न पाउनेछन् ।

Leave Your Comment

Related News