प्रभु इन्स्योरेन्सले घोषणा गर्यो १८ प्रतिशत लाभांश

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले २५ करोड ९४ लाख ६७ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न लागेको हो ।

कम्पनीले पछिल्लो ५ वर्षयताकै बढी लाभांश यो वर्ष वितरण गर्न लागेको हो । यस अघि आर्थिक वर्ष ०७३र७४ मा २० दशमलव २१ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले त्यसयताका वर्ष भने २० प्रतिशतभन्दा कम लाभांश वितरण गरेको छ ।

गत वर्ष भने कम्पनीले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत गरी कुल ५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्षको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात मात्र वितरण हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार