काठमाडौं । साताको दोस्रो दिन शेयर बजार एकल अंकले बढेको छ । आइतबार २५९५.९७ रहेको नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक सोमबार भने २६०० मा उक्लिएको हो ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ८.१३ अंकले बढेर २६०४.११ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६० अंकले बढेर ४४५.७० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.३५ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.४९ अंकले बढेको हो ।
सोमबार ३२५ वटा कम्पनीको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार पुगेको छ । जुन आइतबारको तुलनामा २ अर्ब ६७ करोड ३९ लाख ६ हजारले कम हो । आइतबार ३१० वटा कम्पनीको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार पुगेको थियो ।
यसैबीच सोमबार बजार पुँजीकरण रकम भने ४३ खर्ब ३३ अर्ब २३ करोड पुगेको छ ।
यसदिन १२३ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १२४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कमपनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ७ वटा उपसमूह बढ्दा ६ वटा पसमूह घटेको छ । बैंकिङ २, वित्त १७, होटल र पर्यटन ६१, जलविद्युत १५, लगानी ०.४०, लघुवित्त ५४ र व्यापार ९१ अंकले बढ्दा विकास बैंक ५, जीवन बीमा ५०, उत्पादन र प्रशोधन ४४, म्युअुचल फण्ड ०.०६, निर्जीवन बीमा २८ र अन्य समूह ४ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी ,बुटवल पावर कम्पनी, ङादी ग्रुप कम्पनी, सानिमा माई हाइड्रोपावर र हिमालयन पावर पार्टनर रह्यो । राधी विद्युत कम्पनीको ५२ करोड १८ लाख ,बुटवल पावर कम्पनीको ४२ करोड १७ लाख, ङादी ग्रुप कम्पनीको ३३ करोड ६० लाख, सानिमा माई हाइड्रोपावरको २८ करोड ३८ लाख र हिमालयन पावर पार्टनरको २६ करोड ८७ लाख बराबर कारोबार भयो ।

